२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

सप्तरंगी साकोसको १३ औँ वार्षिक सभा सम्पन्न

२०८१ आश्विन ५, शनिबार मा प्रकाशित ( महिना अघि) १५५ पाठक संख्या

 

सयपत्री समाचारदाता
सिमरा, ५ असोजःबाराको रजघट्टामा रहेको सप्तरंगी बचत तथा ऋण सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा साकोसले वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

1726929055464

संस्थाका अध्यक्ष शोभा केसीको अध्यक्षतामा भएको कार्यक्रममा सप्तरंगी समाज सेवा पुरस्कार, दैनिक वचतकर्ता, उत्कृष्ट कारोबार कर्ता, जेष्ठ नागरिक, उत्कृष्ट वचतकर्ता,लगायतलाई सम्मान पत्र र दोसल्ला ओढाइ सम्मान गरिएको थियो । कार्यक्रममा बारा जिल्ला वचत तथा ऋण सहकारी सँघका अध्यक्ष सतेन्द्र ठाकुर, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने, सिमरा महिला साकोसका अध्यक्ष मुना खरेललगायतको उपस्थिति रहेको थियो । संस्थाका सचिव चौधरीले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष विदुर खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु