२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

सिमरा महिला साकोसको १७ औँ वार्षिक सभा सम्पन्न

२०८१ आश्विन १२, शनिबार मा प्रकाशित ( हफ्ता अघि) १८० पाठक संख्या

 

सयपत्री समाचारदाता
सिमरा, १२ असोजः महिलाहरुद्वारा जिल्लाकै नमुना सहकारीको रूपमा स्थापित सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । जीतपुरसिमराका नगर प्रमुख राजन पौडेलले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा जिल्ला सहकारी वचत तथा ऋण सहकारी सँघका उपाध्यक्ष कोपिला सिंखडा, सिमरा महिला साकोसका पूर्व अध्यक्ष एवं संस्थाका सल्लाहकार संयोजक अनिता लम्साल, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ,औराहा उपभोक्ता सहकारी संस्थाका पूणर्चन्द्र तिमल्सेना, सञ्चारकर्मी विदुर खड्का, संस्थाका सेयर सदस्य समाजसेवी एवं नारायणी रायमाझी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा औराहा कृषि तथा पशुपालन सहकारीका मदन बहादुर क्षेत्री, घण्टीमाई साकोसका तोयनाथ लुइटेल, संगालो साकोसका कोपिला खरेल, साकोसका संस्थापक अध्यक्ष पुण्यवति कँडेल, थानीमाई सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष श्याम सुवेदीलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा संस्थाका अध्यक्ष मुना खरेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै संस्थाका कोषाध्यक्ष सनम पौडेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा समिति संयोजक उर्मिला सापकोटाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट वचतकर्ता, उत्कृष्ट कारोवारकर्ता, उत्कृष्ट समूह, उत्कृष्ट समाजसेवीहरुलाई पुरस्कृत गरिएको थियो ।

1727529260096

संस्थाका अध्यक्ष खरेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष भिमादेवी शर्माको स्वागत मन्तव्य रहेको थियो भने संस्थाका सचिव गीता शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

खड्कालाई सहकारी पत्रकारिता पुरस्कार
यस वर्षको सहकारीले दिने सिमरा महिला सहकारी पत्रकारिता पुरस्कार सञ्चारकर्मी बिदुर खड्कालाई प्रदान गरिएको छ । सहकारी तथा महिला सशक्तीकरणका क्षेत्रमा कलम चलाएबापत नगद रासी सहित उक्त पुरस्कार गरिएको साकोसले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु