२०८१ पौष १२, शुक्रबार
नयाँ
पछिला अपडेट

मानव अधिकार तथा शान्ति समाज बारा शाखाको २१ औँ वार्षिक सभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार मा प्रकाशित ( महिना अघि) १८६ पाठक संख्या

 

सयपत्री समाचारदाता
सिमरा, २४ कात्तिकः मानव अधिकार तथा शान्ति समाज बारा शाखाले आफ्नो २१ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । समाजले शनिबार सिमरामा एक कार्यक्रमको आयोजना गरी वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
मानव अधिकार तथा शान्ति समाज बारा शाखाका सभापति लक्ष्मण साहको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिक एवं समाजसेवी रुपलाल चौधरी, मधेस प्रदेशका पूर्व साँसद शोभा लामा, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति राजेन्द्र पौडेल, जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन शर्मा लामिछाने, समाजसेवी भरत खड्का, शिक्षासेवी इद्रिस मियाँ, समाजसेवी निरु रायमाझी, नगर शिक्षक सँघका अध्यक्ष जयप्रकाश राय, नगर उद्योग वाणिज्य सँघका पूर्व महासचिव शवजी साह सोनार, सञ्चारकर्मी विदुर खड्का, समाजसेवी भिमादेवी शर्मा, लक्ष्मी नेपाली, शान्ति समाज बाराका पूर्व सभापति रघु लामिछाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

1731169303324

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रिय कोषाध्यक्ष हरि थपलियाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सीता अधिकारीको रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु