२०८१ पौष ७, आईतबार
नयाँ
पछिला अपडेट

साना किसान कृषि सहकारी संस्था डुमरवानाको २८औं बार्षिक सभा सम्पन्न

२०८१ मंसिर २९, शनिबार मा प्रकाशित ( हफ्ता अघि) ७० पाठक संख्या

सयपत्री समाचरदाता
सिमरा, २८ मंसिरः साना किसान कृषि सहकारी संस्था लि. डुमरवाना बाराको २८औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रदिप सिंह बरालको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मधेस प्रदेश सभा सदस्य देव नारायण चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहनगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी, कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरी, स्थानीय वडा अध्यक्षहरु राम प्रसाद लामिछाने, चयन मगर गुरुङ्ग, हरिदेव खरेल, साना किसान कृषि सहकारी जिल्ला संघका अध्यक्ष मिश्रीलाल सहनी, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय हेटौडाका प्रमुख भोलानाथ रेग्मी, नगर उद्योग बाणिज्य संघका अध्यक्ष, विभिन्न संघ संस्था तथा विद्यालयका प्रतिनिधिहरु, विभिन्न राजनितिक दलका नेताहरु लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
संस्थाले बार्षिक साधारण सभाको अवसर पारेर विविन्न विधाहरुमा शेयर सदस्यहरुलाइ सम्मान्न गरेको थियो । संस्थाले जेष्ठ महिला शेयर सदस्य ८० बर्षिय कृष्णमइ गौतम तथा जेष्ठ पुरुष सदस्य ७४ बर्षका ब्रम्हदेव चौधरीलाइ सम्मान गरेको छ भने दुग्धजन्य पशुपालनमा व्यवसायमा ७ जना, मासुजन्य पशुपालन व्यवसायमा ६ जना र तरकारी तथा फलफुल खेतीमा ८ जनालाइ सम्मान तथा पुरस्कृत गरेको छ । त्यसैगरी संस्थाले उत्कृष्ट ऋण कारोबार, उत्कृष्ट बचत कारोबार, उत्कृष्ट घरेलु उद्योगका, उत्कृष्ट अन्तर समूह र उत्कृष्ट समूहलाइ पनि सम्मान तथा पुरस्कृत गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु