२०८१ पौष ७, आईतबार
नयाँ
पछिला अपडेट

मधेश प्रदेशकै उत्कृष्ट दुग्ध सहकारी डुमरवानाको २९ औँ वार्षिक सभा सम्पन्न

२०८१ मंसिर २९, शनिबार मा प्रकाशित ( हफ्ता अघि) १३८ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २९ मंसिरः मधेश प्रदेशकै उत्कृष्ट दुग्ध सहकारी डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था बाराले आफ्नो २९ औँ वार्षिक सभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष होमनाथ पण्डितको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेशका भूमि व्यवस्था तथा कृषि मन्त्री जनार्दनसिंह क्षेत्री रहनुभएको थियो । २ हजार ८ सय ३३ जना सेयर सदस्य रहेको संस्थाका अध्यक्ष पण्डितले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक तेजप्रसाद चौलागार्इँले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको नीति तथा कार्यक्रम प्रस्तुति संस्थाका व्यवस्थापक सन्तोष भुजेलले गर्नुभएको थियो ।

सहकारीले विभिन्न विधामा काम गर्ने व्यक्तिहरुलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेको छ । यसरी सम्मान पाउनेहरुमा सर्वोत्कृष्ट किसान त्यस्तै उत्कृष्ट कर्मचारी, उत्कृष्ट व्यापारी, उपकेन्द्र उत्कृष्ट किसान लगायतसञ्चारका क्षेत्रबाट कृषिका क्षेत्रमा कलम चलाउने, किसानका समस्या उजागर गर्ने र चेतना फैलाउने भूमिका निर्वाह गरको भन्दै संस्थाले सञ्चारकर्मी प्रदीप गौतमलाई सम्मान गरेको थियो ।
कार्यक्रममा मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरी लगायत स्थानीय जनप्रतिनिधि, सहकारी क्षेत्रका विज्ञ, शिक्षासेवी, समाजसेवी तथा दुग्ध किसानहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु