२०८२ माघ ३, शुक्रबार
नयाँ
पछिला अपडेट

साना किसान कृषि सहकारी संस्था लि. डुमरवानाको २९ औँ वार्षिकोत्सव तथा स्थापना दिवस सम्पन्न

२०८१ चैत्र ४, सोमबार मा प्रकाशित (0 महिना अघि) ३९५ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ४ चैतः साना किसान कृषि सहकारी संस्था लि. डुमरवानाको २९ औँ वार्षिकोत्सव तथा स्थापना दिवस सम्पन्न भएको छ । संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर सोमबार विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव सम्पन्न गरेको हो ।
कार्यक्रममा साना किसान विकास लघुवित्त वितीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराईले सहकारी शिक्षा, वितीय साक्षरता लगायत अन्तरसमूह सुदृढीकरणसम्बन्धी प्रशिक्षण दिनुभएको थियो । यसैगरी नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका सल्लाहकार एकराज उप्रेतीले संस्थाका सदस्यहरुलाई सहकारी सिद्धान्त, मूल्य तथा मान्यताहरु, साना किसान अभियान लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
संस्थाका अध्यक्ष प्रदिपसिंह बरालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन पूर्वमन्त्री एवं संघीय साँसद ज्वालाकुमारी साहले गर्नुभएको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, वडा नं १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने,  जिल्ला संघ बाराका अध्यक्ष मिश्रीलाल सहनीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा सञ्चालक समितिका तर्फबाट सुकुमाया वाइवाले सगत मन्तव्य राख्नुभएको थियो भने संस्थाका राजेन्द्र जम्कटेलले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु