२०८२ अषाढ ६, शुक्रबार
नयाँ
पछिला अपडेट

सूर्य नेपालद्वारा सिमरा माविलाई स्मार्ट डिजिटल बोर्ड प्रदान, प्रविधिमैत्री पठनपाठनले विद्यार्थी खुसी

२०८२ अषाढ ५, बिहिबार मा प्रकाशित ( दिन अघि) १६५ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ५ असारः नेपालको बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रा लिले बाराको सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई चार थान स्मार्ट डिजिटल बोर्ड उपलब्ध गराएको छ । संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत शैक्षिक क्षेत्रमा लगानी गर्दै आइरहेको सूर्य नेपालले उपलब्ध गराएको उक्त डिजिटल बोर्डबाट विद्यालयमा पठनपाठन कार्य हुँदै आएको छ ।
स्मार्ट डिजिटल बोर्ड प्राप्त गरी प्रविधि मैत्री शिक्षण सिकाइ कार्य हुन थालेपछि दाता संस्था सूर्य नेपाल प्रालिलाई विद्यार्थी, शिक्षक, विद्यालय प्रशासन, तथा व्यवस्थापन समिति सबैले कृतज्ञता प्रदान गरेका थिए । बिहिबार विद्यालयले आयोजना गरेको एक कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले सूर्य नेपालले शिक्षा र समाजका लागि गरेको योगदानको खुलेर प्रशंसा गर्नुभयो । उहाँले स्थानीय सरकारले पनि प्रविधिमैत्री शिक्षालाई जोड दिँदै गुणस्तरीय शिक्षाका लागि काम गरिरहेको बताउनुभयो ।

IMG_20250619_143435
यस्तै सूर्य नेपाल प्रालिका सेक्युरिटी म्यानेजर यज्ञबहादुर आलेले वर्तमान समयमा विश्व समुदाय प्रविधि मैत्री बनिरहेकोले यस क्षेत्रका विद्यार्थी पनि प्रविधिमा पोख्त होउन र स्मार्ट बन्दै जाउन भन्ने उद्देश्यले डिजिटल बोर्ड विद्यालयलाई उपलब्ध गराएको बताउनुभयो । उहाँले बोर्डको सही सदुपयोग गर्न सुझाव पनि दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सूर्य नेपालका आशिस अधिकारी, वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष विनोद मण्डल, प्रधानाध्यापक शकरकुमार आचार्य, सहायक प्रधानाध्यापक अच्युतदेव सिटौला, उमेश चौधरी, विद्यालय व्यवसथापन समितिका सदस्य लिला रिजाल, फूलमाया थिग, रोशन ठाकुर, रामकिशो झा सीताराम पराजुली मनोजकुमार पोख्रेल, शिक्षक तथा विद्याथीहरूको उपस्थिति रहेको थियो ।
डिजिटल बोर्ड प्राप्तिपछि नगर उपप्रमुख भोला अधिकारी र सूर्य नेपालका यज्ञ बहादुर आलेले संयुक्त रूपमा उद्घाटन गरेपछि विद्यालयका विज्ञान शिक्षक गजेन्द्र भाटले पावर प्वाइन्ट प्रदर्शन गर्नुभएको थियो । कार्यक्रममा कक्षा १० की छात्रा रिकिसा अधिकारीले स्मार्ट डिजिटल बोर्ड उपलब्ध गराएकोमा सूर्य नेपाल प्रालिलाई धन्यवाद व्यक्त गर्नुभयो ।

IMG_20250619_155109

शिक्षक गोपी अधिकारीले कार्यक्रमको सञ्चालन गर्नु भएको कार्यक्रममा सहायक प्रधानाध्यापक अच्युतदेव सिटौलाको स्वागत मन्तव्य रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु