२०८२ आश्विन २७, सोमबार
नयाँ
पछिला अपडेट

नेरामावि सिमराद्वारा आयोजित पूर्व विद्यार्थी भेला सम्पन्न

२०८२ आश्विन ११, शनिबार मा प्रकाशित ( हफ्ता अघि) २८२ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १० असोजः नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराले आयोजना गरेको पूर्व विद्यार्थी भेला कार्यक्रम सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ मा २०१४ सालमा स्थापना भएको विद्यालयले २०४६ साल देखि २०८१ सम्मको एसएलसी एवं एसइइ व्याज तथा २०५४देखि २०८१ सम्म कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीको लागि पहिलो पटक आयोजना गरेको उक्त भेला शनिबार सम्पन्न भएको हो ।

IMG_20250927_212532निेरामावि सिमराका व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार अधिकारीको सभाध्यक्षतामा सम्पन्न भेलामा सोही विद्यालयका पूर्व प्रधानाध्यापक मदनबहादुर क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष राजेन्द्र गौतम, व्यवस्थापन समितिका पदाधिकारी शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । विद्यालयका प्रधानाध्यापक शंकरकुमार आचार्यले विद्यालयको अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो भने अध्यक्ष कृष्णकुमार अधिकारीले पूर्व विद्यार्थी भेलाको उद्देश्य बारेमा प्रकाश पार्नुभएको थियो ।

IMG_20250927_213958

कार्यक्रममा पूर्व विद्यार्थी भेला कार्यक्रमका संयोजक डम्बर खड्का, पूर्व विद्यार्थहरु प्रकाश लम्साल, मदन रिजाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक अच्युतदेव सिटौलाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको समापन शिक्षक अभिभावक संघका अध्यक्ष विनोद मण्डलले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षिका सीता अधिकारीले गर्नुभएको थियो ।

स्वैच्छिक कोषको स्थापना
विद्यालयका पूर्व विद्यार्थीहरुको भेलाले विद्यालयको पुरानो जीर्ण भवन निर्माण तथा शैक्षिक उन्नयनका लागि एउटा कोष खडा गरी आर्थिक संकलन समेत गरेको छ । विद्यालय परिषरमा बसेको पूर्व विद्यार्थीहरुको भेलाले कोष’ स्थापना गरी दुई लाख रुपियाँ भन्दा माथिको रकम संकलन गरेको विद्यालयले जानकारी दिएको छ । यसैगरी विद्यालयकी पूर्व छात्रा स्वस्थनी सुवेदीले आफ्‌नो एक महिनाको पारिश्रमिक बराबरको निर्माण सामाग्री प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको विद्यालय प्रशासनले जनाएको छ ।

पूर्व विद्यार्थी समिति निर्माण
पूर्व विद्याथीृको भेलाले सात सदस्यीय एक समिति समेत निर्माण गरेको छ । विद्यालयका पूर्व विद्यार्थी शालिग्राम अधिकारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको हो ।
समिति सदस्यमा विक्रम थापा, प्रकाश खुलाल, रामकुमार अर्याल, सुमित अधिकारी, कृतिका थापा रहनुभएको छ भने सल्लाहकार समितिमा प्रकाश लम्साल, नारायण घिमिरे र शोभा लामा रहनुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु