
सयपत्री समाचारदाता
काठमाडौँ, २२ मंसिरः बालकोट जेसीजको एघारौँ शाखा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले जेसी बिपिन अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
बालकोटस्थित हर्मन बेकरीमा सम्पन्न वार्षिक साधारण सभा तथा एघारौँ शाखा अधिवेशनमार्फत वर्ष २०२६ का लागि कार्यकारिणी उपाध्यक्षमा जेसी बेलिशा बुणथोकी, र जेसी रामेश्वर खत्री, चयन हुनुभएको छ । त्यसेगरी उपाध्यक्षहरुमा जेसी रोमा लामिछाने, जेसी रोशन सिटौला, जेसी सुयोग्य बुढाथोकी, जेसी बिराज अधिकारी, रहनुभएको थियो ।
यस्तै महासचिवमा जेसी सुदिप काफ्ले, कोषाध्यक्षमा जेसी हृतिका सिटौला, र जीएलसीमा जेसी अश्विन दुवाडी चयन हुनुभएको छ भने तालिम आयुक्तमा जेसी राजाराम खत्री र पिआर ओमा जेसी राजेश खड्का चयन हुनुभएको उपाध्यक्ष विराज अधिकारीले जानकारी दिनुभयो । कार्यक्रम निवर्तमान अध्यक्ष जेसी विनय अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसैविच बालकोट जेसीज संस्थापक अध्यक्ष जेसी रमा प्याकुरेल नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई आगामी कार्यकाल सफल, प्रभावकारी र परिणाममुखी रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।