२०८२ मंसिर २४, मंगलबार
नयाँ
पछिला अपडेट

सिमरा महिला साकोसद्वारा नवजात शिशुका लागि एक सय थान बेबी ब्लाङ्केट हस्तान्तरण

२०८२ मंसिर २४, मंगलबार मा प्रकाशित ( घण्टा अघि) ६७ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २२ मंसिरः सदाका वर्षजस्तै यस वर्ष पनि सिमरा महिला साकोसले नवजात शिशुका लागि एक सय थान बेबी ब्लाङ्केट हस्तान्तरण गरेको छ । बाराको सिमरामा रहेको महिला बचत तथा ऋण सहकारी संस्थाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत नवजात शिशुका लागि एक सय थान बेबी ब्लाङ्केट जीतपुरसिमरा नगर अस्पताललाई हस्तान्तरण गरेको हो ।
संस्थाका अध्यक्ष मुना खरेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं २ का कार्यवाहक वडाध्यक्ष उद्वब प्रसाद गौतम, निर्वतमान अध्यक्ष अनिता लम्साल, उपाध्यक्ष भिमादेवी शर्मासहित संस्थाका पदाधिकारीले एक कार्यक्रमकाबीच अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवनित रौनियारलाई ब्लाङ्केट हस्तान्तरण गरेका थिए ।
संस्थाले हस्तान्तरण गरेको उक्त ब्लाङ्केट नगर अस्पतालमा जन्म लिने नवजात शिशुका लागि वितरण गरिने बताइएको छ । नवजात शिशुहरूलाई आवश्यक न्यानो कपडा उपलब्ध गराउनुका साथै महिला सशक्तीकरण तथा लैङ्गिक हिंसा विरुद्धको अभियानलाई समर्थन र प्रोत्साहन गर्नु कार्यक्रमको उद्देश्य रहेको सिमरा साकोसले जनाएको छ ।कार्यक्रमको सहजीकरण संस्थाका सचिव गीता शर्माले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु