२०८२ पौष २, बुधबार
नयाँ
पछिला अपडेट

‘सुरक्षित आप्रवासनका लागि स्थानीय तहको भूमिका विषयक नगरस्तरीय वक्तृता कार्यक्रमको आयोजना

२०८२ पौष २, बुधबार मा प्रकाशित ( घण्टा अघि) ८४ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २ पुसः २६ औँ अन्तराष्ट्रिय आप्रवासी दिवसको अवसर पारेर आप्रवासी हकहित सञ्जाल बाराले बुधबार नगरस्तरीय अन्तरविद्यालय एक वक्तृत्ता कार्यक्रमको आयोजना गरेको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १४मा रहेको जनता मावि रजघट्टामा संस्थाले ‘सुरक्षित आप्रवासनका लागि स्थानीय तहको भूमिका विषयको वक्तृता कार्यक्रमको आयोजना गरेको हो ।
प्रतियोगितामा श्री जनता माध्यमिक विद्यालय रजघट्टाकी छात्रा गुराँश श्रेष्ठ प्रथम, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराकी छात्रा राजश्री बराल द्वितीय र श्री सरस्वती मावि ईनर्वासिराकी छात्रा रुख्सारा खातुन तृतीय भएका थिए । विजयी छात्राहरूलाई क्रमशः ४ हजार ५ सय, ३ हजार र २ हजार नगद र प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरिएको थियो । कार्यक्रममा नगरभित्रका नौ ओटा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो ।
आप्रवासी हकहित सञ्जाल बाराका अध्यक्ष रुद्रप्रसाद खतिवडाको सभाध्यक्षतामा भएको कार्यक्रममा जीतपुरसिमरा नगर शिक्षा शाखा प्रमुख शिवजी प्रसादको प्रमु आतिथ्यता रहेको थियो । कार्यक्रममा सुरक्षित आप्रवासन कार्यक्रमका जिल्ला संयोजक सरोज सिंह, औराहा पशु सहकारी संस्थाका अध्यक्ष मदनबहादुर क्षेत्री, वडा नं १४ का वडासदस्य यमनाथ ढकाल लगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु