२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

कविताः कतै म पागल त भइन

२०७८ जेष्ठ २४, सोमबार मा प्रकाशित ( साल अघि) ८९४ पाठक संख्या

कविताः         कतै म पागल त भइन

मोहनसिंह साउद

 

 

लौ न के भएको होला म त आजकाल
अक्षरहरू बुरुक्बुरुक्क उफ्रेको देख्छु
शब्दहरू जताततै नाँचेको देख्छु
सन्देशहरू यताउति भौतारिरहेको देख्छु !

 

बगरमा ढुङ्गा गिट्टी कुट्नेका वेदना देख्छु
खाडीमा पसिना बगाउनेका पीडा देख्छु
हिमालमा चौरी चराउनेका दुःख देख्छु
भीरपाखा उकालीओराली गर्नेका कष्ट देख्छु !

 

जनताको करमा भ्रष्टाचार गर्नेहरू देख्छु
कमिसन कुम्ल्याएर मोज गर्नेहरू देख्छु
सेटिङ्ग मिलाएर तस्करी गर्नेहरू देख्छु
आश्वासनमा जनता झुक्याउनेहरू देख्छु !

 

अनि लेख्न मन लाग्छ ब्यङ्गय वाणहरू
पोख्न मन लाग्छ हृदयका घाउ वेदनाहरू
रच्न मन लाग्छ कुकृतिका प्रतिबिम्वहरू
सजाउन मन लाग्छ मनकारीका मनहरू !

 

कतै म पागल त भइन !

 

(सहप्राध्यापक, कैलाली बहुमुखी क्याम्पस, धनगढी)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२४%५%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु