कविता
तन्त्रको राजनीति
मोहनसिह साउद
देशमा राजनीतिक परिवर्तन हुँदै गए,
राणाशासनदेखि पञ्चायत,
अनि वहुदल र गणतन्त्र,
ब्यवस्था परिवर्तन भएको त देखियो,
तर खै त अवस्था परिवर्तन भएको ?
देशमा सती प्रथाको अन्त्य भयो,
हली प्रथाको अन्त्य भयो,
दास प्रथाको अन्त्य गरियो,
छुवाछुत प्रथाको अन्त्य गरियो,
तर खै त पाटीगत दास प्रथा अन्त्य भएको ?
देशमा प्रधानमन्त्री परिवर्तन गरिए,
पाटीगत शासन परिवर्तन गरिए,
मन्त्रीहरू परिवर्तन गरिए,
नाराहरू परिवर्तन गरिए,
तर खै त नेतृत्वका आचरण परिवर्तन गरिएका ?
देशमा शासन प्रणाली परिवर्तन गरियो,
केन्द्र धाउनु पर्ने अवस्था परिवर्तन गरियो,
जनताको अधिकार परिवर्तन गरियो,
सिहदरवार गाउँ गाउँ पुरयाइयो,
तर खै त शासन शैली परिवर्तन गरिएको ?
देशमा विरोधे शैली परिवर्तन गरियो,
विरोधीलाई ठेगान लाउने शैली परिवर्तन गरियो,
गुट उपगुट बनाउने रणनीति परिवर्तन गरियो,
कथित बौद्विकलाई पिछलगु बनाउने ललिपप परिवर्तन गरियो,
तर खै त सामन्ती सोच परिवर्तन गरिएको ?
अनि के गर्छ र ब्यवस्थाले,
के गर्छ र पाटीले,
के गर्छन् र मन्त्री प्रधानमन्त्रीले,
यदि राजनीतिक संस्कार परिवर्तन गरिएन भने
नेतृत्वका आचरण परिवर्तन भएनन भने !
सामन्तवाद कुनै सिद्वान्त होइन, आचरण हो ।
राजनैतिक ब्यवस्था जादुको छडी हैन, संस्कार हो ।
विकास कुनै चमत्कार हैन, इच्छा शक्तिको उपज हो ।
प्रजातन्त्र जप्ने नारा हैन, संस्कृति हो ।
शुसासन कुनै ब्यवस्था हैन, शैली हो ।
तर खै यहाँ त फरक रुपेन सामन्तवाद उस्तै छ,
पाटीगत दाशता विवेकबन्दन उस्तै छ,
खरावलाई पनि राम्रो भन्ने बौद्विकता उस्तै छ,
आदेशको पालना गर्नु पर्ने शैली उस्तै छ,
विचार लाद्ने परिपाटी उस्तै छ,
कुर्सीको अर्जुनदृष्टि उस्तै छ,
सत्ता, पद र कुर्सर्मीा चिप्किरहने मनस्थिति उस्तै छ,
आफू वाहेक सबै वेकामे देख्ने मानसिकता उस्तै छ,
जनताको अवस्था उस्तै छ,
गरिबी, अशिक्षा, वेरोजगारी उस्तै छ,
भोकमरी पछौटेपन उस्तै छ,
कमिसन तस्करी भ्रष्टाचारले जरा गाडेको छ,
अनि खै कहाँ आयो भन्छौ र हो तम्रो गणतन्त्र ?
(सहप्राध्यापक, कैलाली वहुमुखी क्याम्पस, धनगढी)